ओली-प्रचण्डको नेकपा खारेज,कट्टेलले मुद्द जिते
काठमाडौं, २३ फागुन–सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । कट्टेलको मुद्दामा नेकपा विवाद चरम भइरहेको समयमा फैसला आएको हो । आजवाट प्रतिनिधि सभाको हिउँदे अधिवेशन पनि सुरु हुँदै छ । निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुङ्गोमा पुर्याउन सकेको छैन। अदालतमा सार्वजनिक विदाका कारण विहीबार हुन नसकेको नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज भएको हो। आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


