२४ घण्टामा ६६ जनामा काेराेना सङ्क्रमण
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
चार हजार एक सय ११ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार सात सय २१ जना पुगेको छ ।
यस्तै गएको २४ घण्टामा ५८ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ७० हजार आठ सय ८६ जना पुगेको छ । अहिले नेपालमा आठ सय २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएन । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १० रहेको छ ।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
भदौ १५, २०८३
१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ…


