प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल प्रदान
महोत्तरी – प्रदेश नम्बर २ काे सरकारले एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरेको छ । सोमबार एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसर पारेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत निवास मधेश भवनमा एक हजार पाँच सय २० छात्रालाई साइकल वितरण गरिएको हो ।
धनुषाका २७
सामुदायिक विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गर्नुभएको हो । साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले महिला सशक्त भएमात्र प्रदेशको विकास सम्भव रहेको बताउनुभयाे । साथै उहाँले प्रदेशभरिका सामुदायिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने तयारी रहेको बताउनुभयाे ।
यसअघि प्रदेश सरकारले २०७५/०७६ मा दुई सय ६१ विद्यालयका १४ हजार छात्रालाई साइकल वितरण गरेकाे थियो ।
प्रदेशका छोरीहरूलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अगाडि बढाएको मुख्यमन्त्री राउतकाे भनाइ छ ।
कार्यक्रममा एसिड पीडित धनुषाकी आरती साहलाई समेत सम्मान गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


