लमजुङ : पर्यटकको रोजाइमा ‘वाटरफल जीपलाइन एड्भेन्चर’
लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, स्याँगे झरनामा निर्माण गरिएको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ पर्यटकको रोजाइमा पर्न थालेको छ ।
पहिलेदेखि नै पर्यटकको रोजाइमा पर्दै आएको स्याँगे झरनामा जीपलाइन व्यावसायिक रुपमा सञ्चालन हुन थालेपछि थप पर्यटकको आकर्षण बढ्दै गएको हो ।
जीपलाइनले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गरेको ‘वाटरफल जीपलाइन एड्भेन्चर’ प्रचारप्रसार विभागका संयोजक प्रदीप गुरुङले बताउनुभयो ।
‘जीपलाइनले व्यावसायिकता पाउँदै गएको छ । झरनामा दिनहुँ आन्तरिक पर्यटकको आगमन बढ्दो छ,’ उहाँले भन्नुभयो । उहाँकाअनुसार यस झरनामा दिनहुँ १०/१५ जनाकाे हाराहारीमा आन्तरिक पर्यटक आउने गर्छन् ।
‘जीपलाइनमा रमाउन बिदाको दिन यहाँ २५/३० जना पर्यटक आउँछन्,’ उहाँले भन्नुभयो, ‘थप प्रचारप्रसार हुन सकेमा पर्यटकको आगमन बढाउन सकिन्छ ।’

स्याँगे झरनामा बाह्रै महिना जीपलाइन सञ्चालन गर्ने उहाँले बताउनु भयाे । प्रति ‘जीप फ्लाएर’ टिकट शुल्क ३ सय रुपैयाँ निर्धारण गरिएको गुरुङले बताउनुभयो । जीपलाइन सञ्चालनको जिम्मा स्थानीय कन्यादेवी युवा क्लब मिप्राले लिएको छ ।
क्लबले जीपलाइन सञ्चालनबाट सङ्कलित रकमबाट वार्षिक रुपमा गाउँपालिकालाई मनोरञ्जन कर बुझाउनुका साथै जीपलाइन सञ्चालन, मर्मत सम्भार तथा अन्य सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने गर्छ ।
८ लाख लागतमा जीपलाइन निर्माण
मर्स्याङ्दी गाउँपालिकाको ५ लाख, अपर स्याँगे जलविद्युत आयोजनाको २ लाखका साथै स्थानीयकाे श्रमदानसमेत गरी झण्डै साढे ८ लाखको लागतमा ‘वाटरफल जीपलाइन’ निर्माण गरिएको हो ।
जीपलाइनको कुल लम्बाइ १ सय ३० मिटर रहेको छ भने यसकाे तीन ठाउँमा ‘ब्रेकर’ राखिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


