स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जना पक्राउ
भक्तपुर – भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जनालाई आज पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशलटारबाट अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिकाअनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट २७ लाख रुपैयाँ र उनको कोठा खानतलासी गर्दा थप १५ लाख रुपैयाँ बरामद भएको हो । प्रहरीले त्याे रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले त्यस रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


