सुनकाे भाउ ६ सय रुपैयाँले घट्याे
काठमाण्डाै – सुनको भाउ आज घटेको छ ।
आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
समग्रमा भने यो हप्ता सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा ८६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमवार एक सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको थियो भने मंगलवार भाउ घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको थियो । तर, बुधवार फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ रुपैयाँ कायम भएको थियो ।
हिजो बिहीवार भाउ फेरि बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


