साेमवार ११ बजे बस्ने गरी सकियाे माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक
काठमाण्डाै – सरकारबाट फिर्ता बोलाउँदा नफर्किएका मन्त्रीलाई कारबाही गर्ने भने पनि माओवादी केन्द्रको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले यसबारेमा केही निर्णय गरेको छैन । एमालेमा प्रवेश गरेका गृह मन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोपबहादुर रायमाझीसहित २३ जनालाई अझै कारबाही प्रक्रिया अघि नबढाएको केन्द्रले जनाएको छ ।
पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा कारबाहीबारे छलफल भएको तर कुनै निर्णय नगरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । स्पष्टीकरण सोधेको पत्र बुझेको २४ घण्टाभित्र जवाफ नदिए कारबाही हुने भएकाले पर्खिने उहाँले बताउनुभयो ।
शनिवार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । माओवादी केन्द्रले फिर्ता बोलाएका मन्त्री र केही सांसदलाई नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक साेमवार ११ बजेपछि फेरि बस्ने गरी सकिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


