भारतविरुद्धको दोस्रो टी-२० क्रिकेटमा इङ्ग्ल्याण्ड ७ विकेटले पराजित

काठमाण्डाै – दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ ।

घरेलु मैदान अहमदाबादमा गएराति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।

इङ्ग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले  १३ बल बाँकी छँदै भेट्टायो । भारतका लागि इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले ।

डेब्यु खेलाडी किशानले ५६ रन बनाए भने कोहलीले ७३ रनको योगदान गरे ।  यस्तै, ऋषभ पन्तले २६ रन जोडे ।  इङ्ग्ल्याण्डका लागि साम करण, क्रिस जोर्डन र आदिल राशीदले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP