नेपालको बाली प्रणालीमा पोटासयुक्त खनिजको कमी : अध्ययन
काठमाण्डाै – नेपालको बाली प्रणालीमा पोटासयुक्त खनिजको कमी रहेको एक अध्ययनले देखाएको छ ।
राष्ट्रिय माटो अनुसन्धान केन्द्र नार्कका वैज्ञानिकले गरेको अनुसन्धानले धानगहुँ खेती प्रणालीमा पोटासियमयुक्त मलको कमी रहेको पाइएको र थप्नुपर्ने सुझाव दिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कले सन् २००९ देखि २०१४ सम्म पहाड, तराई र भित्रि-मधेशमा धानगहुँ बाली प्रणालीमा गरेको अनुसन्धानमा पनि पोटासको कमी देखिएको थियो ।
वैज्ञानिकहरु रोशनबाबु ओझा, शोभा श्रेष्ठ, यज्ञगझाधर खड्का र दिनेश पाण्डेले गरेको अध्ययनमा धानगहुँमा डेढदेखि दुई गुणाले पोटासको प्रयोग बढाउन सुझाव दिइएको छ ।
नेपालमा २०३२/३३ सालमा प्रतिहेक्टर ३० किलोका दरले पोटास प्रयोग गर्न सिफारिस गरिएको थियो । तर चार दशक अघि पोटासको मात्रा सिफारिस गर्दा त्यसबेला माटोमा पर्याप्त पोटास उपलब्ध रहेको तर अहिले माटोमा पोटास घटेको उनीहरुको दाबी छ ।
पोटासयुक्त मलको प्रयोग नगर्नाले माटोबाट पोटासयुक्त खनिजको क्षयीकरण भएर बाली-नालीमा पोटासको कमीका लक्षणहरु देखा पर्न थालेको अध्ययनमा संलग्न वैज्ञानिक रोशनबाबु ओझाले बताउनुभयो ।
सरकारी तहबाट पोटास मलको सिफारिसलाई कम महत्त्व दिनु, मल वितरणमा नाइट्रोजनजन्य मललाई मात्र प्राथमिकता दिनु र किसानले गाईभैँसीको गोबरमलबाहेक पोटासयुक्त मलको प्रयोग नगर्नाले माटोबाट पोटासयुक्त खनिजको क्षयीकरण भएर बालीनालीमा पोटासको कमीका लक्षणहरु देखा पर्न थालेको विज्ञहरुको भनाइ छ ।
बालीबिरुवाको वृद्धि-विकासका लागि नाइट्रोजन, फस्फोरस, पोटाससँगै अरु १४ वटा तत्वहरुको आवश्यकता पर्छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


