काङ्ग्रेसलाई घाम पानी
फागुनको महाधिवेशन भदौका लागि सारेको नेपाली कांग्रेसले दुई दिनभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सक्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।
आइतबार जारी सूचनामा चैत १० गतेभित्र क्रियाशील सदस्यको नामावली प्रकाशन गर्न र केन्द्रमा बुझाउन जिल्ला र संसदीय निर्वाचन क्षेत्रका सभापतिहरुलाई निर्देशन गरिएको छ।
कांग्रेसले ७५३ वटै स्थानीय तह र ६७४३ वडाहरुमा बितरित पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको स्पष्ट विवरण बुझाउन अब दुई दिन मात्र बाँकी रहेको स्मरण गराएको छ ।
कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। प्रस्तावित महाधिवेशनको मिति र कार्यतालिकामा चैत्र १० गतेसम्ममा क्रियाशील सदस्यता नवीकरण र वितरण सक्नुपर्ने उल्लेख छ।
‘२०७७ चैत्र १० सम्म ७७ वटै जिल्ला र १६५ संघीय संसदीय निर्बाचन क्षेत्रीय कार्यसमितिले आफ्नो क्षेत्र र जिल्लाका सम्पूर्ण क्रियाशील सदस्यहरुको नामावली प्रकाशीत गरि केन्द्रमा पेश गरिसक्नुपर्ने हुँदा सो अनुसार तोकिएकै मितिमा उक्त कार्य गर्न/गराउन सबै जिल्ला सभापति र संघीय संसदीय निर्वाचन क्षेत्रीय सभापतिमा हार्दिक अपिल’,कांग्रेसले जारी गरेको सूचनामा भनिएको छ।
यता,कांग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ। हिजो बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफूनिकट पदाधिकारीहरुको छुट्टै छलफल गरेको थियो।
आजको पदाधिकारी बैठकमा आगामी महाधिवेशनको तयारी र नयाँ सरकार गठनका बारेमा छलफल हुने बताइएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


