मर्मतका लागि बेनी–जोमसोम सडक चार दिन बन्द हुने

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड मर्मतका लागि चार दिन बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले आज जारी गरेको सूचनाअनुसार उक्त सडकखण्ड चार दिन पूर्ण रुपमा बन्द हुने भएको हो ।  

प्रशासनका अनुसार १४ चैतदेखि १७ गतेसम्म सडक बन्द हुनेछ । मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रे भिर र कैकु खोलामा सडक बेस नै बगाउने तथा पहिरोको कारण सवारीसाधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त भएकोले मर्मत थालिएको हो । 

जिल्ला सडक सुरक्षा समितिको सोमबार बसेको बैठकले सडक मर्मतको निर्णय गरेको हो । 
 

TOP