सुरक्षाका मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित विभिन्न निकायका पदाधिकारीको बिहीवार बसेको बैठकले सबै शिक्षण संस्थाले अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य मापदण्डका साथै प्रदेश सरकार र पालिकाबाट तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो ।
शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने नियमलाई पूर्ण पालना गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
यस्तै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सवजस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ । विद्यालयहरूले दैनिक पठनपाठन सञ्चालन गर्दा भिडभाड नहुने गरी गरी सञ्चालन गर्नुपर्ने र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को पूर्णरूपमा कार्यान्वयन गर्न पनि मन्त्रालयले सचेत गराएको छ ।
केही दिनयता काेराेना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले नै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेकाे छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


