सप्तरीमा महिलालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा चिकित्सक पक्राउ
सप्तरी – सप्तरीमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रवार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ ।
राजविराजकाे छिन्नमस्ता अस्पतालमा कार्यरत डा. राजन जैसवाललाई उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।
डा. जैसवालले त्यही अस्पतालमा बुधवार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी ३२ वर्षीया महिलालाई अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेका धमलाले बताउनुभयो।
डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एक पटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलामाथि बालिकालाई जाँच गर्ने बहानामा अश्लिल क्रियाकलाप गरेका प्रहरीले जनाएकाे छ ।
डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा. जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताउनुभयो । डा. जैसवालले भने आफूले शिशुलाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताएका थिए।
पीडितले शुक्रवार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिनुभएको छ । प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।
अस्पतालले तत्कालै डा. जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


