महोत्तरीमा अज्ञात समूहले गोली प्रहार गर्दा एकजना घाइते
काठमाडौं । महोत्तरीमा अज्ञात समूहले गोली प्रहार गर्दा एकजना घाइते भएका छन् ।
हिजो बेलुका करिब साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।
औरही नगरपालिका–४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएका हुन् । कोइरालामाथि २ दुई गोली प्रहार भएको छ र एउटा गोली कोखमा र अर्को हातमा लागेको प्रहरीको भनाइ छ ।
घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ । गोली कसले र किन चलाएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


