सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएका चुडाल र सुवेदीको सुनुवाइ चैत २४ गते
काठमाण्डाै – सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको चैत ४ गतेको बैठकको निर्णयअनुसार न्याय परिषद्बाट सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चुडाल र सुवेदीलाई त्यस पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार खोली समिति समक्ष १० दिनभित्र उजुरी दिन सरकारी सञ्चारमाध्यमबाट सूचना जारी गरेको थियो । यस अवधिभित्र सात वटा उजुरी परेको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।
समितिको बिहीवारको बैठकले ती उजुरीहरू खोली समिति सदस्यहरूलाई वितरण गरेको छ । यस्तै प्रस्तावित न्यायाधीशहरूबाट प्राप्त कार्ययोजनाको प्रतिलिपिसमेत समिति सदस्यहरूलाई वितरण गरेको छ । बैठकले यही चैत २२ गते उजुरीकर्तालाई बोलाइ छलफल गर्ने र चैत २५ गते प्रस्तावित न्यायाधीशहरूलाई बोलाइ सुनुवाइ गर्ने निर्णयसमेत गरेको छ ।
न्याय परिषद्ले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल र सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइबाट दुवैको नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति सार्वोच्च अदालतको न्यायाधीश पदमा हुनेछ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


