सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि
काठमाण्डाै – सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।
टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहजरुपमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उदेश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरिएकाे हाे ।
२०७७ चैत १८ गते टाटा मोटर्सकाे ग्राहक सेवा अन्तर्गत नेपाल तथा भुटानका कन्ट्री म्यानेजर समान्य दास र सिप्रदी ट्रेडिङ प्रालि ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले वर्कशपको उद्घाटन गर्नुभएकाे हाे ।
कार्यक्रममा विगत लामो समयदेखि टाटाका गाडीहरु संचालन गर्दै आएका चिरन पराजुलीलाई सम्मान गरिएकाे थियाे । साथै टाटाले बीएसआइभी गाडी सम्बन्धी चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेको थियो। ३० जनाभन्दा बढी ग्राहकहरुले त्यस प्रशिक्षण कार्यक्रमा सहभागी भएका थिए ।
ग्राहकले सम्पूर्ण टाटा कमर्शियल गाडीको सर्भिस तथा साधारण मर्मतका कार्यहरु सर्भिस सेन्टरबाट प्राप्त गर्न सकिने टाटाले जनाएकाे छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


