जनताको आवाजलाई प्राथमिकता दिनुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री मन्त्री पार्वत गुरुङले प्रजातन्त्रसँगै जन्म भएको रेडियो नेपालको गरिमा उच्च बनाउन ठोस रणनीति र सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।
रेडियो नेपालको ७१औँ वार्षिकोत्सव समारोहमा मन्त्री गुरुङले जेठो संस्थाको रुपमा स्थापित रेडियो नेपालले व्यवस्थापन पक्षमा सुधार गर्दै प्रतिस्पर्धी र गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले जुनसुकै परिस्थितिमा पनि जनतालाई सुसूचित गराउन र जनताको आवाजलाई प्राथमिकता दिनु पर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री गुरुङले प्रजातन्त्र स्थापनादेखि गणतन्त्र स्थापनाका क्रममा रेडियो नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै रेडियो नेपाललाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले सबै सरकारी सञ्चार माध्यमलाई चाडै नै पिएसबीमा लैजाने सरकारको योजना रहेको जानकारी दिनुभयो ।
समसामयिक राजनीतिक प्रसङ्ग उठाउनुहुँदै मन्त्री गुरुङले हिजोको सर्वोच्च अदालतको फैसलाले नेकपा एमालेलाई थप बलियो बनाएको बताउनुभयो ।
उहाँले जनताले स्थिर सरकार चाहेको उल्लेख गर्नुहुँदै वर्तमान सरकारलाई प्रतिपक्ष मिलेर विस्थापित गर्न खोजे पनि निर्वाचनबाट बहुमत लिएर आउने दाबी गर्नुभयो ।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले सुख दुखको सहयात्री रेडियो नेपाल मुलुककै जेठो र मौलिक पहिचान बोकेको संस्था भएको बताउनुभयो ।
उहाँले रेडियो नेपालले मौलिक पहिचान सहितको विविधता र सामाजिक सद्भाव फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको स्पष्ट पार्नुभयो ।
उहाँले कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिनुहुँदै रेडियो नेपालको संस्थागत विकास र गुणस्तरीयता अभिवृद्धि गर्नु पर्ने बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले मुलुकको सबै क्षेत्रमा रेडियो नेपालको पहुँच स्थापित गर्ने सरकारको लक्ष्य अनुसार अघि बढिरहेको बताउनुभयो ।
उहाँले रेडियो नेपालको क्षमता अभिवृद्धि गर्दै समयसापेक्ष कार्यक्रम निर्माण तथा प्रसारण र व्यवस्थापकीय सुधारमा रेडियो नेपाल लागिरहेको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक केसीले राष्ट्रको रेडियो राष्ट्रको सञ्चार मूल नाराका साथ रेडियो नेपालले विपद् र जोखिमको समयमा पनि निरन्तर सूचना र समाचारबाट जनतालाई सुसूचित गर्न दत्तचित्त भएर लागेको बताउनुभयो ।
समारोहमा रेडियो नेपालले बर्षेनी प्रदान गर्दै आएको स्रष्टा सम्मानबाट नेपाली सङ्गीत जगत्मा विशिष्ट पहिचान बनाउनु भएका गायक तथा संगीतकारद्वय प्रेमध्वज प्रधान र जीवन शर्मालाई ५१ हजार रुपैयाँ नगद तथा प्रमाण पत्रद्वारा सम्मान गरिएको छ ।
समारोहमा रेडियो नेपालमा रहेर २५ बर्ष सेवा पूरा गर्नुभएका कर्मचारीहरूलाई दीर्घ सेवा पदक र उत्कृष्ट कर्मचारी तथा जिल्ला सम्वाददातालाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
रेडियो नेपालले बर्षेनी आयोजना गर्ने आधुनिक सङ्गीत प्रतियोगिता अन्तर्गत यस बर्ष गायनतर्फ प्रथम हुने सुवास मण्डल, द्वितीय सुवासचन्द्र जोशी र तृतीय हुने रत्न कुमार दंगाल र मुना ठाटाललाई नगद तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको छ ।
यसै गरी रचनातर्फ रमेश दाहाल र सङ्गीततर्फ शंकरलाल थापा ‘स्माइल’लाई पनि सम्मान गरिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


