नयाँ वर्षमा चौरी महोत्सव
पाँचथर, चैत २२ । कोरोना कहरका कारण गत वर्ष हुन नसकेको चौरी महोत्सव यसवर्ष हुने भएको छ । यस वर्ष फालेलुङ गाउँपालिका–४, तीनसिमाना फालोट क्षेत्रमा बैशाख एक गते चौंथो चौरी महोत्सव हुने भएको हो ।
यसअघि फालेलुङ–४, कै चाररातेमा महोत्सव हुँदै आएको थियो । यसवर्ष भने करीब १५ किलोमिटर उत्तरमा अवस्थित सिमाना क्षेत्रमा महोत्सव गर्न लागिएको हो । फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन प्रबद्र्धन संस्था, दीपज्योति युवा क्वल र कञ्चनजंघा चौरी पालन संरक्षण संस्थाको आयोजना तथा कञ्चनजंघा भू–परिधि संरक्षण तथा बिकास पहलको सह–आयोजनामा महोत्सव गर्न लागिएको हो । महोत्सव प्रबद्र्धकको रुपमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नं। वडा रहेका छन् ।
चौरी पालन व्यवसाय प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको आयोजक संस्था दीपज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्तावा राईले बताए । महोत्सवमा चौरी तथा याक प्रदर्शनी, चौरीको दुधबाट उत्पादित वस्तुहरुको स्टल लगायत रहनेछन् । राजधानी दैनिकबाट
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


