एकैदिन विदेशबाट ल्याइए १५ शव, विमानस्थल पुगेर पूर्व प्रधानमन्त्री भट्टराई बने भावुक
काठमाण्डौ – आज एकैदिन विदेशबाट १५ शव नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान गुमाएका १ गरी १५ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । शव नेपाल एअरलाइन्सको जहाजमार्फत नेपाल ल्याइएको हो ।
१५ वटै शव त्रिभुवन विमानस्थलमा आइपुगेर पनि त्यहाँबाट मृतकका आफन्तहरुले बुझिसकेको बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो ।
शव बुझ्न विमानस्थल आएका आफन्तलाई भेट्न पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि विमानस्थल पुग्नुभएको थियो । बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका मेघबहादुर कुँवर र सूर्य बिकको शव पनि ल्याइएकाले उनीहरुका आफन्तलाई भेटेर सान्त्वना दिन तथा मृतकलाई श्रद्धाञ्जली दिन भट्टराई विमानस्थल पुग्नुभएकाे हाे ।
शवलाई बुझ्न आएका आफन्तहरुको पीडालाई देखेर आफूले आँसु थाम्न नसकेको भन्दै उहाँले दुःख प्रकट गर्नुभएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


