२४ घण्टामा एक सय ७६ जनामा कोरोना सङ्क्रमण
काठमाण्डाै – पछिल्लो २४ घण्टामा एक सय ७६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ३४ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार नौ सय ४४ पुगेको छ ।
आइतवार थपिएकामध्ये ९९ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । काठमाण्डाैमा ८७, भक्तपुरमा चार र ललितपुरमा आठ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा एक सय १७ जना निको भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार दुई सय ४० पुगेको छ । अहिले नेपालमा १६ सय ७२ जना सक्रिय सङ्क्रमित छन् ।
गएकाे २४ घण्टामा काेराेना सङ्क्रमणका कारण कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा काेराेनाबाट अहिलेसम्म तीन हजार ३२ जनाकाे ज्यान गएकाे छ ।
यसैबीच चीन सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आउँदो बुधवारदेखि काठमाण्डौका विभिन्न खोप केन्द्रबाट लगाउन सुरु गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनबाट प्राप्त खोप अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चीन सरकारको छात्रवृत्तिमा पढिरहेका तथा चीनमा पढ्न जान तयारी गरिरहेका विद्यार्थी, हिमालय व्यापारमा संलग्न व्यक्तिलगायतले लगाउन पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । चीन सरकारले नेपाललाई आठ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


