चिनियाँ खोप बुधवारदेखि
काठमाडौं, चैत २३ । सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरूद्धको ‘भेरासेल’ नामक खोप बुधवारदेखि लगाउन शुरू गरिने जानकारी दिए ।
उनले चीनमा अध्ययन गरिरहेका विद्यार्थी, जो हाल नेपालमा छन्, अध्ययनको सिलसिलामा चीन जाने तयारीमा रहेका विद्यार्थी, चीनसँग व्यापार गरिरहेका व्यवसायीलगायतलाई उक्त खोप लगाउने जानकारी दिए । चीनले गरेको कडाइका कारण कोरोनापछि चीनबाट नेपाल फर्किएका विद्यार्थी हालसम्म अध्ययनका लागि फर्किन पाएका छैनन् ।
चीनले गत माघ तेस्रो साता ३ लाख र त्यसको १ महीनापछि थप ५ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानस्वरूप नेपाललाई दिने निर्णय गरेको थियो । तर, प्रक्रियागत ढिलाइका कारण गएको सोमवार मात्र उक्त खोप नेपाल आइपुगेको थियो ।
सरकारले गत माघ १४ गतेदेखि भारतीय अनुदानमा प्राप्त १० लाख डोज कोभिडशिल्ड खोपबाट कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो । आर्थिक अभियान दैनिकबाट
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


