वाग्मती प्रदेशको प्रदेशसभा बैठक बस्दै

मकवानपुर – आज वाग्मती प्रदेशको प्रदेशसभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने सातौँ अधिवेशन बैठकमा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भएर आएको कार्यसूचीहरु प्रस्तुत हुनेछन् ।

प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । यस्तै बैठकमा राष्ट्रिय सरोकारसँग सम्बन्धित विषयको प्रस्तावबारे पनि जानकारी दिइने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा सत्तारुढ दल नेकपा एमाले, प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र र दोस्रो प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको छ ।

बैठक कक्षको पहिलो लहरमा सत्तारुढ दल नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई क्रमशः लहरै बस्ने कक्षमा कुर्सीको व्यवस्थापन गरिएको छ ।

यसैगरी बैठक कक्षको भित्र पश्चिमतर्फको ठाउँमा विभिन्न साना दलहरुको नेता बस्ने लहरमा नामसहित समावेश गरिएको कुर्सी पनि राखिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो।

गएको माघ ७ गते सातौँ अधिवेशन बैठक सुरु भएर गएको माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल भएर त्यसै दिनदेखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

वाग्मती प्रदेशसभामा १ सय १० जना प्रदेशसभाका सदस्य रहेका छन् । 

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP