सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड
काठमाण्डाै – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले शुक्रवार बिहान सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले गएकाे चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १५ लाख ६५ हजार पाँच सय ३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार सात सय २८ को आवेदन रद्द भएको छ । योग्य कायम भएका १५ लाख ५९ हजार आठ सय दुई आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको छ । योग्य आवेदकमध्ये गोलाप्रथाबाट दुई लाख ६९ हजार सात सय लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सविर वादे श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदन दिएकामध्ये १२ लाख ९५ हजार आठ सय ३० आवेदक हात खाली भएका छन् ।
कम्पनीले १०० अङ्कित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमध्ये दुई प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
आईपीओको नतिजा मेरो शेयर, सीडीएसले आईपीओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


