सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति, आज बेलुका शपथ ग्रहण हुँदै
काठमाण्डाै – सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति भएको छ । मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शुक्रवार (आज) बेलुका ५ बजे फेरि शपथ ग्रहण गर्ने तयारी छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा उहाँहरूको शपथका लागि तयारी गरिएको छ । उहाँहरूले यसअघिकै मन्त्रालय पाउनुभएको छ । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ ।
सङ्घीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ ।
गएकाे मङ्गलवार माओवादी केन्द्रले उद्योग मन्त्री लेखराज भट्ट, उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरीलाई पार्टी र सांसदबाट हटाएको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता गराएकाे थियाे ।
पार्टीको निर्देशन नमानेको, नेतृत्वविरुद्ध लागेको, एमालेमा प्रवेश गरेको लगायतका विषयमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको र पार्टीको सम्पर्कमा नआएको भन्दै चार जनालाई हटाइएको माओवादी केन्द्रले जनाएको थियाे ।
बिहीवार नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको थियाे ।

-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


