सरकार गठनका लागि आग्रह गर्दा पनि कसैको सहयोग पाइएन : शेरबहादुर देउवा
काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेर अघि बढ्न सक्ने अवस्था नरहेको भन्दै चुनावमा जानुपर्ने हुन सक्ने भन्दै तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन सङ्घको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रवार काठमाण्डौमा उद्घाटन गर्दै सभापति देउवाले सरकार गठनमा कांंग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुअघि संसदमा कांग्रेसको उपस्थितिलाई बुझ्न आग्रह गर्नुभयो । उहाँले संसदमा आफूहरूको सङ्ख्या कम भएको र सरकार गठनका लागि अरूलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोख्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री बनाउन सक्ने सङ्ख्या हाम्रो पुगेन । पार्लियामेण्टमा हाम्रो सङ्ख्या नपुगेर हामीले बोलाउन सकेनौँ । यो वास्तविकतालाई बुझ्नु पर्यो सबैले ।’
विभिन्न किसिमका टिका टिप्पणीभन्दा पनि वास्तविकताको धरातलमा बसेर काम गर्नुपर्नेमा उहाँले सबैलाई आश्वस्त तुल्याउनुभयो । संसदमा कांग्रेसको उपस्थिति न्यून भएकाले सरकार गठनको पहल गर्न नसकेको भन्दै यथार्थ बुझ्न देउवाले आग्रह गर्नुभयो । तर कांग्रेसले पहल नै गरेन भन्ने गरेकाले शुक्रवार तीन दलको बैठक बोलाएको उल्लेख गर्दै उहाँले सरकार गठनको निकास ननिस्किए चुनावमा जानुपर्ने भएकाले त्यसको तयारी गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसले वास्तै गरेन भन्या भएर आज बैठक बोलाएको छु । कुनै पनि किसिमको राष्ट्रिय एकता, अखण्डतामा आँच पुग्न नदिने गरी भयो भने त भयो, भएन भने पनि हामी त चुनावमा जानैपर्छ भोलि । चुनावमा जानैपर्ने बाध्यता हुन सक्छ । चुनावमा नागरिकको मन जितेर हामीले सरकार बनाउनुपर्छ । जनताले बिर्सिसके ।’
प्रधानमन्त्री ओलीले राज्य सत्तालाई भातृ सङ्गठन जस्तो कब्जा गर्न खोजेको र बुख्याचा बनाउन खोजेको भन्दै त्यसविरुद्ध एकजुट हुन सभापति देउवाले आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ओलीले सत्ता कब्जा गर्ने कोसिस गरेका छन् । उसले चाहेर कब्जा हुँदैन । त्यसैले भोलिको दिनमा एक भएर लाग्नुपर्छ ।’
सभापति देउवाले आफूले पटक–पटक प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यसलाई अस्वीकार गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बल्ल थाहा पाएको भन्दै कटाक्ष गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले प्रचण्डलाई तपाईँ नै प्रधानमन्त्री बन्नु भनेको हो नि, उनी उता गइदिए । तपाईँ नै प्रधानमन्त्री बन्नुः मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहिले आएर । धेरै पटक प्राइममिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईँहरूलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफू प्राइममिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस् ।’
उहाँले चुनावको समयमा आफूले कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर भनेको स्मरण गर्दै अहिले अवस्था त्यस्तै आएको बताउनुभयो । तर तत्कालीन समयमा आफूले भनेका कुरा कसैले नसुनेको र दुई वटा पार्टी मिलेकाले नागरिकले पनि तीनै पार्टीलाई भोट दिएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले पहिला भनेको थिएँ । तपाईँहरूलाई याद होला । कम्युनिस्टको सरकार आयो भने तपाईँ रुन पनि पाउनुहुन्न भनेको थिएँ । दुई वटा पार्टी मिले, मिलेपछि नागरिकले भोट हाल्दिए के गर्ने ? भोट त हाम्रो हातमा छैन नि । नागरिकले हराएपछि हारिन्छ के गर्ने ? नागरिकको माझ जाउँ । नागरिकको दिल जितौँ अनि हामी चुनाव किन जित्दैनौँ ? नागरिक यस देशको मालिक हो । नागरिकको भोट हामीले पाउनुपर्छ तर नागरिकले दिँदैनन् के गरुँ ? तर समानुपातिकमा त एमाले र हाम्रो बराबर छ ।’
सभापति देउवाले संविधानअनुसार भदौभित्र महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गर्दै महाधिवेशन सम्पन्न गर्नतर्फ लाग्न र नागरिकको घर दैलोमा गएर नागरिकको दिल जित्ने काम गर्न पनि निर्देशन दिनुभयो ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


