माओवादी केन्द्रकाे प्रदेश-२ को संसदीय दलका नेतामा भरतप्रसाद साह चयन
महोत्तरी – नेकपा माओवादी केन्द्रले प्रदेश-२ को संसदीय दलका नेतामा भरतप्रसाद साहलाई चयन गरिएको छ । यसअघि संसदीय दलको नेतामा रहेका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि त्यस पदको जिम्मेवारी महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य साहलाई दिइएको हो ।
त्यस्तै पार्टीको उपनेतामा जगत यादव र प्रमुख सचेतकमा दिलिप यादव र सचेतकमा रुबिकर्ण चुनिएका माओवादी केन्द्रले जनाएको छ । त्यसैगरी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको दलका नेता साहले जानकारी दिनुभयाे ।
काठमाण्डौमा रहेकाे पार्टी कार्यालयमा शुक्रवार बसेको बैठकले २४ घण्टाभित्रमा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने निर्णय गरेको छ । संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा गएका हुन् ।
प्रदेश २ मा माओवादी केन्द्रका ११ जना सांसद रहेका छन् ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


