पत्रकार महासङ्घको नयाँ नेतृत्वलाई उज्यालोको स्वागत तथा बधाई कार्यक्रम
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वलाई कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखा (उज्यालो) ले बधाई तथा सम्मान गरेको छ ।
विपुल पोख्रेल नेतृत्वको नयाँ नेतृत्वलाई प्रतिष्ठान शाखाले साेमवार एक कार्यक्रम गरेर स्वागत तथा बधाई दिएको हो । कार्यक्रममा अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी, सचिव गोविन्द चौलागाईँलगायत पदाधिकारीको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष पोख्रेलले कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले प्रेस स्वतन्त्रताको रक्षा तथा पत्रकारको हक हितका लागि खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले उज्यालो रेडियोले नेपाली पत्रकारितामा ठूलो योगदान पुर्याएकाे र कोरोना महामारीमा धेरैलाई सत्य, तथ्य सूचना दिएर महामारीको रोकथाममा सहयोग गरेको भन्दै धन्यवाद पनि दिनुभयो ।

यस्तै महासचिव रोसन पुरीले आफूले चुनावमा गरेका वाचा कार्यान्वयन गर्ने बताउँदै श्रमजीवी पत्रकारको लागि उज्यालो रेडियाे नेटवर्क तथा अनलाइनले सधैँ राम्रो काम गरेको बताउनुभयो ।

यस्तै कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले महासङ्घको केन्द्रीय समिति र शाखासँग जहिले पनि सुमधुर सम्बन्ध रहेको र महासङ्घका उचित मुद्दामा सहकार्य गर्न तयार रहेको बताउनुभयो । रेडियोले समुदायमा धेरै सकारात्मक परिवर्तन ल्याउन भूमिका खेलेको उल्लेख गर्दै गुरागाईंले रेडियोको सङ्ख्या नभइ गुणस्तरीय सामग्री उत्पादनमा महासङ्घले पनि समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

कम्युनिकेशन कर्नर शाखाका अध्यक्ष अर्जुन पोख्रेलले महासङ्घको नयाँ नेतृत्वले चुनावका बेला गरेका प्रतिबद्धताहरू पूरा गर्नुपर्ने र महासङ्घमा श्रमजीवी पत्रकारलाई मात्रै सदस्यता दिनुपर्ने बताउनुभयो ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


