सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा : सतर्कता अपनाउन अनुराेध
काठमाण्डाै – अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको छ । पश्चिमी वायुका कारण तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
यो प्रणाली बिस्तारै पूर्वतिर सरिरहेकाले वाग्मती र प्रदेश दुईका केही ठाउँमा पनि ठूलो असिना पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी वायुको प्रभाव अझै दुई दिन रहने मौसमविद्ले बताएका छन् ।
तराईका जिल्लाहरूमा भने सामान्यतया मौसम सफा नै रहेको छ । आउँदो दुई दिनसम्म बिहान र दिउँसो सफा भए पनि बेलुकीपछि मौसम बदली हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


