नयाँ वर्ष यस्तो होस्, सबैको जय होस्
कविता
नयाँ वर्ष यस्तो होस्
जसले जस्तो चाहन्छ त्यस्तै होस्
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।
आँसु खसाल्न र दुःख सहन नपरोस्
मात्र फलोस्, फुलोस् अनि पुगोस्
कोरोनाले मान्छेलाई मन नपराओस्
जताबाट आएको हो त्यतै गएर समाप्त होस्
हाँसौँ खेलौँ दौडिऔँ अनि बाँचौँ
भुलेर चिन्ता सबै एकैसाथ नाचौँ
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।
हत्या, बलात्कार र भ्रष्टाचारजस्ता शब्द कानमै नपरोस्
मिठो मसिनो खान पाए पुग्छ धुलो, धुँवा चाहिँ खानै नपरोस्
रोगले मर्नुपर्ने ठाउँमा डाक्टरसँगै दवाई पुगोस्
भोकै पर्नुपर्ने ठाउँमा दालसँगै चामल पुगोस्
कमी वा पुगेन होइन सबै छ भन्न पाइयोस्
कोही नटाढिऊन् के छ भन्न पाइयोस्
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।
फोहर झैँ गन्हाउने राजनीति ७७ सालमै छोडियोस्
रिस, राग र कुबुद्धि पनि उतै छोडियोस्
७८ मा एक अर्कामा माया प्रेम अझै मौलाओस्
हर कोहीले देशको गरिमा अझ बढाओस्
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।
हाम्रा छोरीहरू ढुक्कसँग हिँड्न सकून्
कोही पनि कसैको कुदृष्टिमा नपरून्
छोराछोरी बराबरी
यो भनाइलाई व्यवहारमा लागू गर्न सकियोस्
७८ साल सबैका लागि वरदान बनिदेओस्
नयाँ वर्ष यस्तो होस्,
सबैको जय होस् ।।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


