भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारकाे आग्रह
काठमाण्डाै – बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्कको सही तरिकाले प्रयोग गर्न तथा साबुनपानीले पटकपटक हात धुन तथा स्यानिटाइजरले हात सफा गर्न अनुरोध गरेको हो ।
बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट जोगाउन स्वास्थ्य सुरक्षा अपनाएर सावधानीका साथ नजिकको वितरण केन्द्रसम्म लैजान पनि मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । पछिल्ला दिनहरुमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि मन्त्रालयले सचेत गराएको हो ।
आउँदो ६ र ७ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम हुँदैछ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


