सडक खन्ने क्रममा पुरिएर एक जनाको ज्यान गयो
रुकुम पश्चिम – सडक खन्ने क्रममा आएको ढिस्कोले पुरिएर रुकुम पश्चिममा एक जनाको ज्यान गएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को खसेपछि स्थानीय ४८ वर्षीय रणे ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताउनु भयो ।
घटनास्थलमा जम्मा ९ जनाले सडक खनिरहेको थिए । त्यसमध्ये ८ जना भागेर ज्यान बचाउन सफल भएका थिए । तर रणे ओेली भने सडक खन्ने कुटो निकाल्न लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले प्रहरी निरीक्षक शाहीले बताउनु भयो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


