मलेसियामाथि नेपालकाे सानदार जित, कुशल र आसिफ बने ‘हिराे’
काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमवार भएकाे खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ । मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायाे ।
नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनकाे अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनकाे साझेदारी गरे । आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जाेडे ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नाै रन बनाएकाे थियाे । मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियाे भने मलेसिया आइतवार (हिजो)नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ ।
नेपालले मङ्गलवार (भोलि) नेदरल्याण्ड्सँग खेल्नेछ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


