उपत्यकाका सीडीओकाे बैठक : ‘काेराेना सङ्क्रमणबाट बच्न सरकारले जारी गरेकाे आदेशकाे कार्यान्वयन गर्छाैँ’

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् । 

मङ्गलवार काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका पदाधिकारीसमेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेकाे निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाण्डाै जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

कोरोना सङ्क्रमणबाट बच्न व्यापक रूपमा प्रचारप्रसार गर्ने, सरोकारवालासहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

सरकारले २०७८ वैशाख मसान्तसम्म विद्यालयमा भौतिक उपस्थिति नगराइकन अनलाइन माध्यमबाट सञ्चालन गर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह, ब्रत​तवन्ध जस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ ।

सरकारको त्यही निर्णयलाई उपत्यकामा प्रभावकारी कार्यान्वयन गराउने निर्णय भएको हो । 

TOP