स्वाब सङ्कलन नै नगरी कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट बनाइ पैसा असुल्ने गिरोह पक्राउ
काठमाण्डाै – स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ बनाइ पैसा असुल्ने गरोह पक्राउ परेको छ ।
काठमाण्डाैको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरी टोलीले मङ्गलबार बेलुका काठमाण्डाैकाे सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिबाट स्वाब सङ्कलन तथा परीक्षण नै नगरी ‘पीसीआर टेष्ट नेगेटिभ’ भनी उल्लेख भएका चार थान नक्कली परीक्षण रिपोर्टसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले प्रतिव्यक्ति नौ हजार रुपैयाँ लिइ नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ । पक्राउ पर्नेमा झापा गौरादह घर भइ हाल पेप्सीकोला बस्ने ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङ विराटनगरका व्रजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भई चाबहिल बस्ने २२ वर्षीय सरोज क्षेत्री र सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ ।
त्यहाँबाट रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको महाशाखाले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


