दिल्लीमा अक्सिजन अभाव : २५ जनाको ज्यान गयो, ६० जनाकाे ज्यान उच्च जोखिममा
काठमाण्डाै – भारतको दिल्लीमा अक्सिजन अभाव बढ्दै गएको छ ।
अक्सिजन नपाउँदा २५ जना बिरामीको ज्यान गएको पाइएको छ भने ६० जना ज्यान उच्च जोखिममा परेको दिल्लीको सर गंगाराम अस्पतालका निर्देशकले बताएका बीबीसी हिन्दीले जनाएको छ ।
अस्पतालले अक्सिजन नहुँदा ६० जना गम्भीर बिरामी खतरामा परेका जनाएको छ । गएको २४ घण्टामा यो अस्पतालमा २५ जना बिरामीको ज्यान गएको छ । उनीहरुलाई अक्सिजनको अभाव भएको स्रोतलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ ।
अस्पतालका निर्देशकले अब आफूहरुसँग दुई घण्टालाई मात्रै पुग्ने अक्सिजन रहेको पनि बताएका छन् । उनले अस्पतालमा रहेका भेन्टिलेटरले काम गर्न छोडेको पनि बताएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीका अस्पतालहरु बिरामीले भरिएका छन् ।
गएको २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने यो अवधिमा २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


