करेन्ट लागेर दुई जनाको ज्यान गयो
काठमाण्डौ – करेन्ट लागेर देशका फरक फरक ठाउँमा दुई जनाको ज्यान गएको छ ।
बाटो बनाउने क्रममा करेन्ट लागेर गोरखामा एक युवकको ज्यान गएको छ । गोरखा नगरपालिकामा रहेको नेपाल टेलिकमको कार्यालय नजिकै बाटो बनाउने क्रममा पश्चिम रुकुमको चौरजहारी नगरपालिका १० का ३२ वर्षीय थलबहादुर विकको ज्यान गएको हो । उहाँलाई शुक्रबार बिहान ६ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाटो ढलानका लागि फलामको रड सिधा पार्ने क्रममा रडले विद्युत पोलको तारमा छुँदा उहाँलाई करेन्ट लागेको हो ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएका विकको एपोलो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताउनुभयो ।
यस्तै बझाङमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । केदारस्युँ गाउँपालिका वडा नम्बर १ सडिलकी ४३ वर्षीया उजलीदेवी बोहराको घर नजिकैको बिजुलीको पोलमा प्रवाह भएको करेन्ट लागेर ज्यान गएको हो ।
शुक्रबार बिहान खेतमा गहुँ काट्न जाने क्रममा पोलमा हात लाग्दा करेन्ट लागेर ज्यान गएको उहाँका आफन्तले बताएका छन् । बिहीबार राति परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर करेन्ट पोलमा प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङका कार्यालय प्रमुख हरेन्द्र यादवले बताउनुभयो । यो घटना भवितव्य भएका कारण मृतकका परिवारले ५ लाख रुपैयाँ राहत पाउने उहाँको भनाइ छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


