सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरैलाई अनुमति
काठमाण्डौ – कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै बीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन् । विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आरोहण क्षेत्र प्रभावित हुने आशंकाकाबीच सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै तीन सय ९४ जना आरोहीले अनुमति लिएका हुन् ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४२ समूहका तीन सय ९४ जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । अनुमति लिनेमध्ये ९० जना महिला छन् । यस अघि सन् २०१९ मा तीन सय ८१ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।

सगरमाथा आरोहीबाट यस वर्ष सरकारले ४७ करोड ७७ लाख भन्दा धेरै रोयल्टी संकलन गरेको छ । नेपालका अरु हिमाल आरोहणका लागि पनि उल्लेख्य आरोहीले अनुमति लिएका छन् । अहिलेसम्म १६ वटा हिमालका लागि ७९ समूहका ६ सय ८९ जनाले आरोहण अनुमति लिएका छन् ।
सगरमाथा चढ्न आलोपालो
सन् २०१९ मा सगरमाथा आरोहणका क्रममा अत्याधिक भीड भएर शिखर नजिकै ट्राफिक जाम भएको चर्चा विश्वभर भयो । चुचुरो नजिक जाम हुँदा आरोहीको ज्यान जोखिममा पर्ने आलोचना भएपछि यो वर्ष आरोहणका लागि आलोपालो गरेर व्यवस्थापन हुने भएको छ । पर्यटन विभागले सूचना निकालेर सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा आरोहण गर्दा अनुमतिपत्र नम्बरका आधारमा आरोहण गर्ने व्यवस्था गरेको हो ।
सगरमाथाको शिखरसम्म बाटो बनाएपछि पहिलो अनुकूल मौसममा अनुमतिपत्र नम्बर ४० भन्दा तलका आरोही, दोस्रो अनुकूल मौसममा अनुमति नम्बर ४० देखी माथि ७२ भन्दा तलका र त्यसपछि अनुमति नम्बर ७२ भन्दा माथिका आरोहीलाई आरोहणको अनुमति दिने व्यवस्था पर्यटन विभागले गरेको छ । सगरमाथामा एक पटकमा एक सय ७० जना भन्दा बढी सङ्ख्या नबढ्ने गरी आलोपालोको व्यवस्था गरिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।
आधार शिविरमा स्वास्थ्य शिविर
सगरमाथाको आधारशिविरमा पहिलो पटक सरकारी डाक्टर बसेर आरोही तथा उनीहरुका सहयोगीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका छन् । यस वर्ष पर्यटन विभागले उपलब्ध गराएका दुई जना डाक्टर र हिमालय रेस्क्यू संघका एक जना डाक्टर गरी तीन जनाले सेवा दिइरहेका निर्देशक आचार्यले बताउनुभयो । उनीहरुले आरोहण मौसमभरि आधार शिविरमा रहेर आरोही तथा उनीहरुका सहयोगीलाई उपचार सेवा दिनेछन् ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


