ओखर खेल्दै गरेका १४ जना झण्डै दुई लाख रुपैयाँसहित पक्राउ
काठमाण्डौ – काठमाण्डौमा ओखर खेल्दै गरेका १४ जना झण्डै दुई लाख रुपैयाँसहित पक्राउ परेका छन् ।
गोकर्णेश्वर नगरपालिका-९ आरुबारीबाट एक लाख ८९ हजार रुपैयाँसहित १४ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
आरुबारीको नाग मन्दिर नजिकै रहेको गंगा लामाको टहरोमा ओर खेल्दै गरेका उनीहरुलाई हिजो बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौ उपत्यकामा पछिल्लो समय जुवाको रूपमा ओखर खेल्ने प्रवृत्ति बढेको छ ।
७ वा ११ वटा ओखरलाई भुइँमा फालेर जोर कि बिजोर भनेर पैसा बाजी राखेर खेल्ने चिया पसल, चौतारो, चौर तथा टहरामा ओखर खेल्नेहरु बढेका प्रहरीको भनाइ छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


