शिवराजमा कोरोना महामारी भयावह । संक्रिया सक्रमितको सख्या ८० पुग्यो

कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना महामारीको अवस्था भयावह बन्दै गएको छ । संक्रमितको सख्या दैनिक बढेपनि नगरपालिकाले ठोस निर्णय भने लिन सकिरहेको छैन । अहिले नगरमा ८० जना सक्रिय संक्रमितको रहेका छन् । कोरोना महामारीको दोस्रो लहरमा भएको भयावहले नागरिकहरुमा त्रास बढेको छ । शिवराज नगरपालिका वडा १ शिवपुर स्वास्थ्य चौकीमा कार्यरत एक सहयोगि कर्मचारीको आज निधन भएको छ । त्यस्तै सोहि कार्यालयमा कार्यरत एक स्वास्थ्यकर्मीका अवस्था गम्भीर रहेकोले भैरहवा पठाएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट््टराईले बताउनुभयो ।
त्यस्तै अन्य स्वास्थ्यकर्मी तथा नगरका कर्मचारीहरुमा पनि कोरोना देखिएको छ । नगरपालिकाले वडा कार्यलयहरु बन्द गर्नुपर्ने भएपनि बन्द नगर्दा थप सक्रमण फैलिने डर बढेको छ । वडाहरुमा सेवाग्रहीको घुइचो अझै पनि कायम छ । शिवराज नगरपालिका ५ चन्द्रौटा बजारमा अहिले पनि भिडभाड छ ।अहिले निजि क्लिनिक,सामादायिक अस्पतालमा, तथा स्वास्थ्य चौकीहरुमा ज्वरोका बिरामीहरुको भिड रहेको छ । अधिंकाश बिरामीहरुको कोरोना लक्षणहरु देखिने गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बताउनुभयो । कपिलवस्तुमा लकडाउन आवश्यक भएपनि नेपाल सरकार निर्णय अनुसार ५ सय सक्रमित नहुदा सम्म लकडान नहुने प्रशासनको भनाई रहेको छ । खाज सम्म झण्डै ४ सय संक्रमित पुगेका छन भने अब केहि दिनमै लकडाउन हुने सम्भावना बढी छ ।
कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु हुने क्रम रोकिएको छैन । विहीबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ ।कार्यालयका अनुसार बिजयनगर गाउँपालिका वडा नम्बर ४ निवासी ६० बर्षीया महिला र बाणगङ्गा नगरपालिका वडा नम्बर १० निवासी ४६ बर्षीय पुरुषको मृत्यु भएको हो ।यस्तै विहीबार विहान वाणगंगा ४ का करिब ४५ ५० बर्षीय एक पुरुषको पनि उपचारको क्रममा काठमाडौंमा ज्यान गएको थियो ।यस संगै जिल्लामा कोभिड १९ को कारणले ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

TOP