दाङ : नेपाल-भारत सीमानाकामा थप कडाइ
दाङ – कोरोना भाइरसकाे सङ्क्रमण दर बढेसँगै भारतसँग सीमा जोडिएको दाङका सबै नाकाहरूमा कडाइ गरिएको छ ।
मुख्य सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण मानिसहरु वैकल्पिक बाटो प्रयोग गरेर आवतजावत गर्दै आइरहेकाले नाकामा कडाइ गरिएकाे दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।
दाङ कोरोना भाइरस सङ्क्रमणकाे जोखिममा रहेकाले सुरक्षित राख्न, सङ्क्रमण रोकथाम एवम् नियन्त्रणका लागि कोइलाबास नाका लगायत अन्य खुला क्षेत्रबाट हुने आवागमन बन्द गरिएको पौडेलले बताउनुभयो ।
‘भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । नेपालमा उच्च सतर्कता अपनाउने उद्देश्यले भारतसँग जोडिएका नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी थप कडाइ गरिएको हाे ‘ पौडेलले भन्नुभयो ।
यस्तै कोइलाबास नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।
मजदूरीका लागि गएका नेपाली नागरिकहरु भारतमा लकडाउन भएलगत्तै नेपाल भित्रिन थालेपछि कोइलाबास नाकामा स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो।
‘भारतीय नागरिकलाई नेपाल प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ । नेपाली नागरिकहरुलाई भने सीमाक्षेत्रमा स्वास्थ्य जाँच गरी नेपाल प्रवेश गराइएको छ’ अध्यक्ष यादवले भन्नुभयो।
जाँचको क्रममा भेटिएका बिरामीलाई तुरुन्तै गढवामा रहेकाे नेपाली सेना बस्ने भवनमा पालिकाले निर्माण गरेकाे अक्सिजनसहितको अइसोलेशनमा पठाइने उहाँले बताउनु भयाे ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


