‘म बहुमतले मुख्यमन्त्री बनेको हो, प्रचण्ड, देउवा र यादवले संविधान नबुझ्नु आश्चर्य’
काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभएको छ ।
अल्पमतमा पर्दापर्दै पनि मुख्यमन्त्री बनेको भनेर चौतर्फी आलोचना भएपछि पोखरेलले फेसबुकमा स्टाटस लेख्दै आफ्नो दल नेकपा एमाले प्रदेशसभामा बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको र नियुक्ति पनि त्यसै आधारमा भएको बताउनुभएको छ ।
उहाँले आफूलाई संसदीय दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रिया अनुरुप नै हुने बताउनुभएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गर्नुभएको छ ।
सूर्य चिह्नबाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई हुन नसक्ने पोखरेलको दाबी छ । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादव जानकारी नहुनु आश्चर्यको भएको उहाँको भनाइ छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


