अमेरीकामा वस्नेले स्थानीय स्थानीय सरकारलाई पठाए अक्सिजन कालागि रकम

तुलसीपुर ,

  तुलसीपुर उपमहमानगरपालिका वडा नं. ५ घरभई हाल अमेरिका बस्दै आएका दीपक भण्डारीले अक्सिजनका लागि चार लाख रुपैँया सहयोग गरेका छन् । उक्त रकम बुबा भोजराज भण्डारी र आमा अनिता भण्डारीले संयुक्त रुपमा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

अहिले उपमहानगरपालिकालाई बिभिन्न व्यक्तीहरुले अक्सिजन खरिदका लागि सहयोग गर्दै आएका छन् । भण्डारीले सहयोग गरेको यो रकम अहिलेसम्मकै ठूलो रकम भएको प्रमुख पाण्डेले बताए । उक्त रकम ल्याउन पदमप्रसाद पोखरेल र सूर्य शर्माले पहल गरेका थिए ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP