‘कसै–कसैलाई फोन गरेन भनेर रिस उठेको हुन सक्छ, काममै थिएँ, त्यसैले भ्याइनँ’

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू काममा रहेकाले असन्तुष्ट व्यक्तिहरूसँग कुरा गर्न नसकेको दाबी गर्नुभएको छ । केही व्यक्तिले फोन पनि गरेन भनेर असन्तुष्ट पोखिरहेको आफूले थाहा पाएको भन्दै उहाँले आफू कामतिर ध्यान केन्द्रित गरिरहेकाले फोन गर्न नभ्याएको उहाँले बताउनुभयो ।

विकास निर्माणदेखि हरेक क्षेत्रमा सरकार क्रियाशील भएर अघि बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रतिनिधि सभाले आफू छँदाछँदै अरूलाई प्रधानमन्त्री बनाउन नसक्नेसमेत उहाँले दाबी गर्नुभयो ।

प्रतिनिधि सभा पुनर्स्थापना भइसकेपछि पनि आफूविरुद्ध कसैले अविश्वास नगरेको ओलीकाे भनाइ छ । अहिलेसम्म अविश्वास छ भनेर कसैले नभनेको भन्दै उहाँले आफ्नो विकल्पमा अर्को व्यक्ति हुनै नसक्ने बताउनुभयो ।

आजकाे संसद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिँदै हुनुहुन्छ ।

TOP