नयाँ सरकार गठनको तयारीको लागि कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ ।

नयाँ सरकार गठनको तयारीका लागि देउवाले दिउँसो ३ बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारीको बैठक बोलाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । हिजो प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल भएर अल्पमतमा परेपछि राष्ट्रपतिले बहुमतको सरकारको लागि आह्वान गर्नुभएको छ ।

बैठकमा नयाँ सरकारको लागि पहल गर्ने र सम्भावित गठबन्धनको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव–वाबुराम भट्टराई पक्षले नयाँ सरकारको तयारी थालेका छन् । जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएपछि नयाँ सरकारको लागि बहुमत पुर्याउन कांग्रेस–माओवादी गठबन्धनलाई समस्या परेको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP