कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वव्यापी चिन्ताको विषय : डब्ल्यूएचओ
काठमाण्डाै – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्टले विश्वव्यापी चिन्ता थपेको बताएको छ ।
प्रारम्भिक अनुसन्धानमा भारतीय भेरियन्ट बी–१६१७ अरु भेरियन्ट भन्दा तीव्र गतिमा फैलने देखिएको र यो विश्वकै लागि चिन्ताको विषय भएको बताएको बीबीसीले जनाएको छ । भारतीय भेरियन्ट अहिले ३० भन्दा धेरै देशहरुमा फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका कोरोना भाइरसका म्युटेन्ट भेरियन्टहरुलाई पनि विश्वव्यापी चिन्ताको भेरियन्ट बताइसकेको छ ।
भारतमा कोरोनाको दोस्रो लहर आउनुमा भारतीय भेरियन्ट मुख्य कारक रहेको भारत सरकारले पनि बताइसकेको छ । भारतमा कोरोना सङ्क्रमण पुष्टि र मृत्युदर दुवै बढी हुँदा स्वास्थ्य प्रणालीमै समस्या देखिएको छ ।
डब्ल्यूएचओले अहिले उपलब्ध भएका खोपहरु भारतीय भेरियन्टको विरुद्धमा प्रभावकारी हुने पनि बताएको छ । बीबीसीले जनाएअनुसार डब्ल्यूएचओका अधिकारीहरुले अहिलेसम्म पाइएका प्रमाणका अनधारमा भारतीय भेरियन्टको असर कम गर्न उपलब्ध खोपहरु प्रभावकारी रहेका बताएका छन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


