सगरमाथामा दुई जना आरोहीको ज्यान गयो
काठमाण्डाै – सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ ।
स्विट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको ज्यान गएको पर्यटन विभागकी निर्देशक एवम् सगरमाथा आधारशिविर सम्पर्क अधिकृत मीरा आचार्यले जानकारी दिनुभयो । अब्दुल वारिचको सगरमाथा आरोहण गरेर फर्कने क्रममा चौथो शिविरमा बसेकै ठाउँमा र पुवे लिउको शिखरतर्फ जाँदै गर्दा सात हजार नौ सय मिटरको उचाइमा ज्यान गएको आचार्यले जानकारी दिनुभयो ।
लिउको हिउँका कारण आँखाको ज्योति गुमेपछि ज्यान गएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । हिजोसम्ममा अनुमति लिएका आरोही र उनीहरुका सहयोगी समेत गरी झण्डै एक सय ७० जनाले आरोहण गरेका छन् । आज भने आरोहण भएन ।
मौसम प्रतिकुल बनेकोले अहिले आरोहीहरु अनुकुल मौसमको पर्खाइमा रहेका सम्पर्क अधिकृत आचार्यले बताउनुभयो ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


