एक महिनामा चट्याङ लागेर २१ जनाकाे ज्यान गयाे, ८४ जना घाइते

काठमाण्डाै – गएकाे एक महिनामा चट्याङ लागेर २१ जनाको ज्यान गएको छ । गएको वैशाख १ गतेदेखि वैशाख ३० (बिहान १० बजे) गते बिहीवारसम्ममा देशका विभिन्न भागमा चट्याङ लागेर २१ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै एक महिनाकाे अवधिमा ८४ जना घाइते भएका छन् भने एक करोड ४५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

त्यस्तै एक महिनाकाे अवधिमा आगलागीबाट सात जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । एक महिनामा आगलागीबाट दुई करोड ८५ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्राधिकरणले जनाएको छ ।

वैशाख महिनामा जनावरको आक्रमणबाट तीन जना र हावाहुरीबाट एक जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार वैशाख महिनामा भएका दुई सय ४० वटा विपद्का घटनामा ३२ जनाको ज्यान गएको छ । एक सय ३४ जना घाइते भएका छन् । घटनामा ३३ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ । 

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP