नेप्से १० अङ्कले बढ्यो, १३ कम्पनीको शेयर झण्डै १० अङ्कले बढ्यो
काठमाण्डाै – काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) बढेको छ । उत्पादन, व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से १० दशमलव १३ अङ्कले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो ।
आज बैंकिङ समूहको शेयर तीन अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ७१ अङ्कले, जलविद्युतको ३७ अङ्कले, फाइनान्सको ६० अङ्कले, माइक्रोफाइनान्सको पाँच अङ्कले, जीवन बीमा समूहको शेयर ८५ अङ्कले, निर्जीवन बीमा समूहको साढे पाँच अङ्कले र अन्य समूहको शेयर १३ अङ्कले बढेको छ ।
आज दुई सय १८ कम्पनीका दुई करोड १९ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज दिव्यश्वरी हाइड्रो र समता फाइनान्सको शेयर १० प्रतिशत र अरू ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि रिडी हाइड्रोपावर विकास कम्पनीको शेयर दुई प्रतिशतले घटेको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


