प्रि मनसुन कमजोर, देशका धेरै ठाउँको मौसम हिजो अस्तिको भन्दा सफा
काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । देशका धेरै ठाउँको मौसम यतिबेला आंशिक बद्ली छ ।
आज, हिजो/अस्तिको जस्तो दिनभरि मौसम बद्ली हुने सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार प्रि मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको छ । यसले गर्दा अबका केही दिन मौसममा सुधार आउने सम्भावना छ ।
तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि भने मेघ गर्जनसहित केही ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।
यस्तै, भोलि पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइ दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने छ । मौसमविद्ले अबको केही दिन प्रि मनसुन कमजोर हुने देखिएकाले बताएका छन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


