बैशाखमा मात्रै एक लाख ५८ हजार बढीमा काेराेना सङ्क्रमण पुष्टि
काठमाण्डाै – नेपालमा बैशाख महिनामा मात्रै एक लाख ५८ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैशाख १ गते कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ रहेकोमा बैशाख मसान्त अर्थात् हिजोसम्ममा सङ्क्रमितको सङ्ख्या बढेर चार लाख ३९ हजार ६५८ पुगेको छ ।
बैशाख महिनाभरमा चार लाख ९६ हजार नौ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै बैशाख महिनामा मात्रै कोरोनाबाट एक हजार ६ सय आठ जनाले ज्यान गुमाएका छन् । बैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ जनाको ज्यान गएकोमा हिजो सम्ममा ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।
यस्तै बैशाख महिनामा ४९ हजार ४७ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । बैशाख १ गते सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६ जना रहेकामा अहिले बढेर एक लाख सात हजार तीन सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर एक हजार सात सय पाँच जना सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


